Breaking News

एजेन्सी । कोरोना भाइरसका कारण जारी लकडाउनका कारण बलिउड सेलिब्रेटीहरू फुर्सदिया बनेका छन् । जस कारण अहिले बलिउड कलाकारहरु पहिलाभन्दा धेरै सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । फुर्सदका कारण कोही के गरिरहेका छन् भने कोही आफ्ना शुभ चिन्तकहरुसँग आफ्ना अनुभवहरु सेयर गरिरहेका छन् । यसैक्रममा प्रियंका चोपडा पनि पनि सामाजिक सञ्जालमा सक्रिय छिन् ।

हालै प्रियंकाले कोरोना महामारीका बीचमा सन्देश दिएका भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै चेतना जगाउने काम गरिरहेकी छन् । जसका कारण उनको शुभचिन्तकहरुले उनको सामाजिक सञ्जालमा कमेन्ट लाइक गरेर उनलाई हौस्याइरहेका छन् । धेरै भिडियो मध्ये अहिले प्रियंकाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रियंका चोपडाले सामाजिक सञ्जालमा आफ्नो एक डान्सिङ भिडियो राखे पछि उनको यो भिडियो भाइरल भइरहेको छन् । उअहिले सुटिक नभइरहेको अवस्थामा उनको यो भिडियोले निकै चर्चा कमाइरहेको अवस्था छ । उनले सेयर गरेको भिडियोमा प्रियंका मस्तीमा झुमिरहेको देखिन्छ । प्रियंकाको यो भिडियो उनका फ्यानहरुले मन पराइदिएका छन् ।

प्रकाशित मिति : 2020-05-17

फेसबुक पेज

Categories