Breaking News

काठमाडौं, । हलिउड र बलिउडजस्ता विश्वकै ठूला मनोरञ्जन उद्योग समेत ठप्प हुँदा नेपाली गीतसंगीतहरु भने यु–ट्युबहरु आइरहेका छन् । यसैबेला नेपाली वेभ सिरिज ‘डियर लभ’ यु–ट्यबमा आएको छ । रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतिमा गायक रुकमान लिम्बुको निर्माण रहेको ‘डियर लभ’ शनिबार पहिलो एपिसोड यु–ट्युबमा अपलोड भएको छ । विशुद्ध प्रेमकथामा आधारित ‘डियर लभ’को यसअघि नै टिजर रिलिज भएको थियो । टिजर हेरेका दर्शक वेभ सिरिज हेर्न आतुर थिए ।

‘डियर लभ’मा विशेषगरी पछिल्लो समय युवापुस्तामा देखिएको प्रेमप्रतिको विभिन्न आशक्तिलाई समेटिएको छ । रुकमान लिम्बूको निर्माण र विवेक रसाइँलीको कथा तथा निर्देशन रहेको ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरा लगायतका कलाकारले अभिनय गरेका छन् । साथै, रुपेश थापाको छायाँकन र रामप्रसाद चौधरीको सम्पादन रहेको ‘डियर लभ’मा कथावस्तुमात्र नभएर छायाँकन र निर्देशनको स्तरसमेत फिचर फिल्मकै शैलीमा छ । ‘डियर लभ’ले दर्शकको माया पाउनेमा निर्माणपक्ष विश्वस्त छ ।

प्रकाशित मिति : 2020-05-16

फेसबुक पेज

Categories