Breaking News

काठमाडौ । गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ ।उनले लकडाउनका बेला घरमा नै बसेर नयाँ गीत सार्वाजनिक गरेका हुन् । उनले ‘परदेशमा दुख्यो मन’ बोलको गीतमा बजारमा ल्याएका हुन् । गीतकार उमा सुवेदीको शब्द रहेको यस गीतमा संगीत तथा संगीत संयोजन बिबी अनुरागीले गरेका हुन् ।

परदेशमा दुख्यो मन दुखाएर रोए ,भन्दै परदेशीको भाव गीतमा उतारिएको छ । परदेशीको कथा व्यथा अहिले कोरोनाका कारण चर्किएको बेला उनले यो गीतबाट मलम लगाउने काम गरेका छन् । शिवले आफ्नै युट्युव च्यानलबाट गीतलाई अपलोड गरेका छन् ।

प्रकाशित मिति : 2020-05-06

फेसबुक पेज

Categories