Breaking News

काठमाडौं । चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले १७ वर्षअघि सार्वजनिक गरेको गीत ‘मा(यो पिरतीले’ बोलको गीतले पहिलो पटक दृश्य पाएको छ । ब्याण्डले आफ्ना प्रसंसकका लागि यो गीतको भिडियो ल्याएको हो । ब्याण्डका मुख्य गायक अमृत गुरुङ आफैले यो गीत संकलन गरेका हुन् । सन् १९९७ मा उनी तेह्रथुमको वसन्तपुरबाट ताप्लेजुङतर्फ जाँदै गर्दा गीत संकलन गरेका थिए ।
नेपथ्यकै एल्बम ‘भेँडाको ऊनजस्तो’का लागि सन् २००३ मा यो गीत पहिलो पटक रेकर्ड गरिएको थियो । पुराना एल्बममा समेटिएका गीतहरुलाई पुनः ताजा बनाउँदै भिडियोका रुपमा युट्युबमा राख्ने र यसैका आधारमा प्रशंसकहरुसम्म प्रत्यक्ष सम्पर्क रहन नेपथ्यले यो गीत भिडियो ल्याएको जानकारी दिएको छ ।भिडियो निर्माण नेपथ्यको व्यवस्थापक समेत रहेका नेपालयका किरणकृष्ण श्रेष्ठले गरेका हुन् । भिडियो अष्ट्रेलियामा छायाँकन गरिएको हो । भिडियोको छायाँंकन अष्ट्रेलियाको सांगीतिक यात्राका क्रममा दक्षिण अस्ट्रेलियाको अलडिंगा समुद्री किनारमा गरिएको बताइएको छ ।

प्रकाशित मिति : 2020-05-03

फेसबुक पेज

Categories