Breaking News

काठमाडौं । यसै क्षेत्रमा निरन्तर लागिरहने सोच बनाएकी अभिनेत्री उषा खनालले चलचित्र ‘बीच बाटो’बाट आफ्नो फिल्मी यात्रा शुरु गरेकी हुन् । अभिनेत्री उषा खनालले चलचित्र लाले, झमेला, खतरनाक आदि चलचित्रमा आफ्नो अभिनय देखाई सकेकी छन् भने ‘दि आर्टिष्ट’, ‘बदलेकी आग’ नामक दुई भोजपुरी चलचित्रमा पनि उनको अभिनय कला देख्न सकिन्छ । उनको कामको प्रसंशा गर्दै बिभिन्न संघ, संस्थाले उनलाई सम्मानर र पुरस्कृत समेत गरेको छ । झण्डै दुई सयको हाराहारीमा म्युजिक भिडियामा मोडलिङ गरिसकेकी  अभिनेत्री उषा छोटै समयमा आफुलाई कला क्षेत्रमा स्थापीत गराउँन सफल मध्येमा पर्दछिन् ।

प्रतिस्पर्धाको जमना छ रंगिन दुनियाँमा, हलका ग्ल्यामर्स हुनै पर्ने बिचार बोकेकी अभिनेत्री खनाल पछिल्लो समय चलचित्र र म्युजिक भिडियोमा ब्यस्त बन्दै छिन । पोखरामा छायांकन भैरहेको दुई भिडियोको काममा ब्यस्त भैरहेको समयमा विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण छायांकन भैरहेको भिडियो बीचमै स्थगीत भएपछि काम छाडेर घर पुगेकी उनि लकडाउनका कारण झन तनाब बनेको बताउछन् । उनि भन्छिन्ः ‘लकडाउनका कारण हात परेका केही म्युजिक भिडियो र चलचित्रको काम रोकियो । कहिले लकडाउन खुल्ला र पुनः काममा फर्किन पाउँने भन्ने चिन्ताले सताई रहेको छ ।’

प्रकाशित मिति : 2020-04-24

फेसबुक पेज

Categories