Breaking News

काठमाडौ । नेपाली फिल्मी बजार यो बर्ष पनि स्वाहा नै भएको छ । फिल्म कालो बर्ष बाट २०७६ को फिल्म रिलिज भएसँगै फिल्मको बजार ओरालो लाग्यो । २०७६ को लागि अन्तिम फाल्गुन ९ गते आमा र सेन्टीभाइरस अन्तिम रिलिज फिल्म बन्यो । चैतमा प्रदर्शन हुने भनिएका फिल्म चपही हाइट३ , प्रेम गीत ३ , माइकल अधिकारी विश्वभर फैलिएको कोरना भाइरसका कारण अन्य फिल्महरु रिलिज हुन सकेन ।चैत ११ गतै नै सरकारले देशभर लकडाउन लगाए पछि अहिले पनि निरन्तरता दिएको छ । बैशाखमा प्रदर्शन हुने भनिएका फिल्म पनि अनिश्चित रिलिजमा पुगेका छन् । बैशाख १८ सम्मलाई फिल्म हल बन्द गर्ने निर्णय गरे पश्चात २०७७ का फिल्म रिलिजमा धक्का लागेको छ ।

कुन कुन फिल्म हिट

गत बैशाख १३ मा कालो बर्ष पछि बैशाख २० मा किरण केसीले मह जोडीसँग सहकार्यमा निर्माण गरेको फिल्म दाल भात तरकारी रिलिज भएको थियो । फिल्मले ब्यापार राम्रो ग¥यो तर समिक्षकको जस भने पाएन । फिल्ममा अनुहार चलेका भएका कारण फिल्मले लगानी गरे अनुसारको फल नदिए पनि लागनी सुरक्षित गफ्यो । यस्तै जेष्ठ ३ गते निर्देशक प्रदिप भट्टराई निर्दे्शित जात्रै जात्रालेराम्रो व्यापार ग¥यो । आफुलाई सफल निर्देशकका रुपमा आफुलाई चिनाएपछि प्रदीप दंग देखिएका छन् । फिल्मी बजामार बुझिए अनुसार ‘जात्रै जात्रा’ले झण्डै ३ करोड माथीको बक्स अफिसमा नेट कलेक्शन गरेको थियो ।

दसैँको छेको पारेर असोज ३ गते सोलो रिलिजमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले बक्स अफिसमा सोचे जस्तै व्यापार गर्न सफल रह्यो । फिल्मले निर्माताको हातमा झण्डै ३ करोड भन्दा माथी पार्न सफल भएको थियो ।  असोज २४ गते रिलिजमा आएको रंगपत्रकार दिपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छप्पकैले ’ ब्यापार गर्न सफल भयो । रोहित अधिकारी र दीपकराज गिरी समूहको संयुक्त निर्माणमा बनेको फिल्मले निर्माताको हातमा ३ करोड भन्दा बढि हात पर्ने गरि व्यापार गर्यो । यस्तै फाल्गुन ९ मा दिपेन्द्र के खनालको फिल्म आमा लगानी उठाउने फिल्मका रुपमा ठहरिएको छ । फिल्मले दर्शकको तारिफ पाएको थियो । फिल्म चलिरहेको बेला लकडाउन लागेका कारण त्यहा अयता फिल्म रिलिज हुन सकेन ।

चर्चामा आएका तर लगानी नउठाएका

यस्तै बैशाख २७ मा रिलिज भएको फिल्म पसिनाले दक्षिणा समेत पाउन सकेन । त्यस्तै जेठ ३ गते प्रदर्शनमा आएको मिलन चाम्स निर्देशित ‘बिर बिक्रम रिलिज भएको थियो । बिर बिक्रमले बक्स अफिसमा राम्रो छाप छोड्न सकेन । यस्तै जेष्ठ १७ गते ‘कप्स, कुम्भ करण र काउसो’ गरि तीन फिल्म रिलिजमा आएको थियो । तीनै फिल्मले हलबाट लगानी उठाउन त के पानीसम्म भन्न पाएनन् । हलबाट सुक्को नलिइ फिल्म उत्रियो । त्यस्तै यहि महिनाको जेष्ठ २४ गते रिलिजमा आएको फिल्म ‘रेस ’ प्रदर्शनमा आएको थियो । फिल्मले गतिलो हल पनि पाएन ।

यता जेष्ठ ३१ गत इलामका विभिन्न ठाउँमा छायाँङ्कन गरिएको भनेर प्रचार प्रसारलाई तिब्रता दिइएको तर हलबाट सुक्को नठाएको योगेश भट्टराई निर्देिर्शत फिल्म ‘प्रेम दिवस’ रिलिज भएको थियो । प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको थियो । यहि मितीमा ‘झट्का फिल्म प्रदर्शनमा आएको थियो तर दुवै नै फ्लप भए ।  यस्तै असार १३ गते फिल्म ‘आप्पा’ र ‘किर्तिपुर’ गरि दुई फिल्म रिलिजमा आएको थियो । दुबै फिल्म सफल हुन सकेनन् । असार २० गते रिलिजमा आएको फिल्म ‘सानो ’ श्रावण ३ मा ‘घर र ‘बदला’ असफल फिल्ममा गनिए ल तिनै फिल्मले हलमा रा जगर्न सकेनन् । त्यस्तै श्रावण १० गते ‘एकलव्य र ‘सुपर गोर्खे ’गरि दुई फिल्म रिलिजमा आएको थियो । यि पनि अफल फिल्ममा गनिन पुगे ।

यो बर्ष धेरै जसो फिल्म जुधेका छन् । जुधे पनि केहिले लगानी उठाउन सफल भए भने धेरै फिल्म असफल कै टोकरीमा परे ।  यस्तै श्रावण १७ गते फिल्म ‘ न यता न उता’ र ‘रातो गलबन्दी ’ रिलिजमा आए । त्यस्त श्रावण २४ गते ‘साइनो, रे र काचुली ’ फिल्म रिलिज भए । यि सबै फिल्मले हप्ता दिन हलमा टिक्न सकेन । सबै फिल्म व्यापारको हिसावले दयनीय रह्यो ।

श्रावण ३० मा फिल्म किकास आचार्य निर्देशित ‘हजार जुनीसम्म’ रिलिजमा आएको थियो । अभिनेता आर्यन सिग्देलको कमब्याक फिल्मका रुपमा हेरिएको थियो । तर फिल्मले उनलाई केहि लछारपटार लगाउन सकेन । उनको पुरानो क्रेज फर्काउने सपना सपनामै सिमित रह्यो । आफै लगानी गरेर एक्सन प्रदान फिल्म भनिएको नम्रता श्रेष्ठको फिल्म ‘जाइरा’ भाद्र ६ गते रिलिजमा भयो । नम्रतालाई दशृकले एक्सनमा रुचाइदिन सकेनन् । फिल्मले नम्रताको लगानी डुवाइदियो ।
यस्तै नवल नेपाली निर्देशित फिल्म ‘मारुनी ’ भाद्र १३ गते प्रदर्शन भएको थियो । फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का अभिनित फिल्मले सोचे जस्तो व्यापार गर्न सकेन । साम्राज्ञीको करियरमा नै धक्का लाग्यो ।

यस्तै भाद्र २० गते रिलिजमा आएको ‘सोच ’ असफल कै डब्बामा गयो । बलिउडकी नायिका सन्नी लियोनलाई लिएरमहँगो लगानीमा निर्माण गरेको फिल्म ‘पासवर्ड’ भाद्र २७ मा रिलिजमा आयो । यो फिल्ममा हलमा एक हप्ता पुग्नै सकेन । सोही डेटमा रिलिजमा आएको ‘हिरो नंम्बर १’ पनि फ्लप भयो । अहिले युट्युवमा भने हिट भएको छ ।
अशोकको छोरो स्टार बनाउने धोको अधुरो  असोज १० गते अशोक शर्माको फिल्म ‘रातो टिका ’ निधारमा रिलिज भएको थियो । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी र निर्देशक कै छोरा अंकित शर्मालाई डेब्यु गराइएको फिल्मले दर्शक रुझाउन सकेन । यस फिल्मले अंकित शर्माको डेब्युलाई कमजोर सावित ग¥यो भने समिक्षकको गाली मात्रै खायो । त्यस्तै असोज १७ गते फिल्म ‘काले दाई र शिवम् ’ रिलिज भएको थियो । असफल नै भए ।

फिल्मले लगातार अफलको सामाना गरिरहेका बेला कार्तिक १ गते रिलिज भएको ‘लक्ष्मी रानी’ले सफलता पाउने कुरै भएन । यो फिल्मको त झन् कुनै लेखाजोखा नै भएन । यस्तै कार्तिक ७ मा शिशिर राणा निर्देशित् फिल्म ‘पोई पर्यो काले’ ले ठिक ठिकै व्यापार गर्न सफल भयो । तर लगानी भने उठाउन सकेन । एकाउन्न दिन मनाएको भनिएता पनि सोचे जस्तो व्यापार गर्न सकेन । कार्तिक १५ को ‘बादशाह जुट, कार्तिक २२ को ‘जीवन काडाँ की फूल ’ र ‘घामड शेरे’ पनि असफल फिल्ममा गनिए । घामड शेरेमा निश्चिल बस्नेत र स्वस्तिमा खड्काको अभिनय भएपनि दर्शकले मन पराइदिएनन् ।

कार्तिक २९ मा भुवन केसी अभिनित फिल्म ‘मिस्टर नेपाली ’र ‘सम्हाली राख है’ हलमा लागेको थियो । तर दर्शकले फिल्म हलमा लागेको नलागेको पत्तै पाउन सकनेन् । अभिनेता आर्यन सिग्देलले निकै आसा मानेका फिल्म ‘ च च हुई’ मंसिर ६ मा रिलिज भएको थियो । फिल्मले उनको करियरमा कुनै सफलता दिलाउन सकेन ।
यस्तै सुमि मुक्तान अभिनित फिल्म सरौंतो, मंसिर १३ को गतै हलमा लाग्यो तर दर्शन ल्याउन सकेन भने ‘ लभ यु हमेशा ’र ‘मखमली मखमली’ बक्स अफिसमा निकै कमजोर ठहरिए । मंसिर २० मा रिलिज भएका ‘माछा माछा र माया पिरिम, त्यस्तै माघ ३ को ‘१२ सत्ताइस’ र माघ १७ गते प्रदर्शनमा आएको फिल्म दि कर्मा ’रिलिज भए सबै फिल्मले लगानी उठाउने त सपना मात्रै बुने ।

यस्तै माघ २४ मा फिल्म ‘सेल्फी किङ’ प्रदर्शनमा आएको थियो । अभिनेता विपिन कार्की अभिनित ‘सेल्फि किङ’ लगानी उठाउने हिसावले हेरिएको थियो । तर असफल भयो । उनको फिल्म हलिउडको जोकरसँग दाजिएको थियो । तर फरक भएका कारण पनि दर्शकले हेरिदिने अपेक्षा गरिएको थियो तर चलेन । त्यस्तै अभिनेता र विराज भट्टको अभिनय र निर्देशन रहेको ‘साङ्ग्लो’ पनि असफल भयो । यसको व्यापार पनि फलदायी बन्न सकेन । बरु गीतले करोडको क्लवमा पुग्न सफल भयो । फाल्गुन २ प्रदर्शनमा आएको ‘लभ डायरिज’ रिलिज भएको थियो । फिल्म ‘लभ डायरिज ’ पनि डायरीमा सिमित भयो । त्यस्तै फागुन ९ गते रिलिज भएको फिल्म ‘सेन्टी भाइरस’ लागनीका हिसावले ठिकै माने पनि समिक्षकले पनि राम्रो नमानेको फिल्म हो ।

प्रकाशित मिति : 2020-04-18

फेसबुक पेज

Categories