Breaking News

काठमाडौ । भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन् । उनी नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्नको लागि काठमाडौं आएकी थिइन् । उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९स्०० बजे विमान भुटानको पारो विमानस्थल फर्केको थियो । अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारेन्टाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन् । उनी थिम्पुकै वासिन्दा हुन् ।

दीपेन्द्र लामाद्वारा निर्देशित र किरण नेपाली निर्माता रहेको फिल्म ‘२ नम्बरी’ को गत चैत ८ गतेसम्म कास्कीको घाचोकमा छायांकन भएको थियो । निर्देशक लामाका अनुसार अझै ७५५ छायांकन बाँकी छ । लकडाउन खुलेर स्थिति सामान्य भएपछि फिल्मको छायांकन शुचारु हुनेछ । उगेन पनि फिल्मको बाँकी छायांकन सिध्याउन भुटानबाट आउनेछिन् ।

प्रकाशित मिति : 2020-04-18

फेसबुक पेज

Categories