Breaking News

काठमाडौ । कोरोना भाइरस दिनहुँ फैलिरहेको अवस्थामा नेपालमा पिपिइको समस्या पर्दै आएको आएको छ । पर्याप्त पिपइ नभएर स्वास्थय उपचारमा जोखिम मोलेर काम गरिरहेका रामेछापका स्वास्थ्यकर्मीले पिपिइ पाएका छन् ।  उनीहरुलाई नेपाली कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिद्वारा सुनापति गाँउपालिकामा कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि पिपिई र मास्क हस्तांतरण हस्तान्तरण भएको हो ।

नेपाली कांग्रेस रामेछाप जिल्ला उपसभापति जितेन्द्र मोक्तान , तरुणदलका नेता मणीराज तामाङ , स्थानिय नेता हस्त लामा , बेथान ईकाई सभापति रमेश केसीका साथै यस सम्पर्क समिति सदस्य चेत ब पाण्डे बेथान युवा नेता दिपेन्द्र खड्का लगायत समुस्थितीामा  पिपिइ र माक्स हस्तान्तरण गरेको सम्पर्क समितीका सचिव सुकदेव खड्काले बताए ।
उनले भने , गाउमा जोखिम मोलिरहेका स्वास्थ्यकर्मीलाई कोरोनाको जोखिम बढेका कारर्ण नेपाली कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिले गाउँपालिका प्रमुख धावा लामालाई पिपिइ र माक्स हस्तान्तरण गरेका हौँ । ’ यो माक्स र पिपिइ वितरण कार्य सचिव सुकदेवकै अगुवाईमा भएको हो ।

प्रकाशित मिति : 2020-04-17

फेसबुक पेज

Categories