Breaking News

काठमाडौ । एक समय धेरे चर्चा हुने अभिनेत्रीमा पर्ने गरेकी थिइन् साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो डेब्यु फिल्म ‘ड्रिम्स’ हिट भएपछि उनको चर्चाले फिल्म क्षेत्रमा नै तरंग ल्यायो र उनको चर्चा पनि उतिकै मात्रामा चुलियो । लक्की हिरोइनको रुपमा चिनिएका की पहिलो फिल्म सफल भएपछि फिल्ममा ब्रेक लागेन उनले एक पछि अर्को फिल्मका अफर आएर फिल्म क्षेत्रमा अड्याउने कोसिस ग¥यो । उनी त्यसपछि घरमा थन्केर बस्नुपरेन । यसरी हिट भएपछि दर्जनौ फिल्ममा अभिनय गरिन् । उनको तारिफ धेरैले गर्न थालेकी उनमा अहँम्कार बढ्दै गयो । पछिल्लो दुइ बर्षको अन्तरालमा उनको अहँकार र रिलिज भएका फिल्मले उनलाई सन्तुष्टी दिन सकेनन् ।
गएको दसैँमा प्रदर्शन भएको निर्देशक अशोक शर्मा निर्देशित ‘रातो टीका निधार ’ र नवल नेपाल निर्देशित फिल्म मारुनीले पनि सोचे अनुसार दर्शकले नरुचाइदिए पछि उनी तनावमा आइन् ।
अहिले उनको सोचाई पनि फरक भएको देखिन्छ । उनी बर्षमा दुइ वटा फिल्म खेल्ने सोच बनाएकोमा त्यो पनि घटेर अहिले एकपछि अर्को चलचित्रमा काम गर्ने सोचबाट आउट भएकी छन् । सामाजिक सञ्जालमा अहिले सक्रिय रहेकी साम्राज्ञीले शुभचिन्तकसँग कुरा शेयर गर्दै सामाज्ञीले अब आफूले पहिलेको जस्तो बर्षमा २ वटासम्म चलचित्रमा काम नगर्ने बताएकी छिन ।

यसको पछाडि धेरै कारण रहेको उनको तर्क छ । उनले सामाजिक संजाल लाइभमा भनेकी छिन–‘मैले अहिले नयाँ चलचित्र साइन गरेकी छैन । अब, म पहिलेको जस्तो बर्षमै २ वटासम्म चलचित्रमा काम गर्दिनँ । यसको पछाडि धेरै कारण छन । म पनि यसै भन्न सक्दिनँ ।’

उनको यो तर्कले पनि के भन्न सकिन्छ भने, दर्शकले अब सामाज्ञीको चलचित्र बर्षमै एक वा दुइवटासम्म हेर्न पाउने छैनन । उनले आफूलाई मन परेको कथा आएको खण्डमा मात्र काम गर्ने बताएकी छिन । उनले आफुलाई भने जस्तो कथा नबनेसम्म फिल्म नखेल्ने बताएकी छन् । फिल्म रिलिज भएको छ महिनासम्म उनको हातमा कुनै फिल्म आएको छैन । उनले कुनै फिल्ममा साइन गरेकी पनि छैनन् । यसले उनको करियरमा धक्का त लाग्ला नै कहिले सानो बजेटका फिल्म नि रामै्र चलेका कुरा त सामाज्ञीले ख्याल गर्ने पो हो की ।

प्रकाशित मिति : 2020-04-03

फेसबुक पेज

Categories